नियम १३
खाद्य पदार्थको जिम्मा
(१) खाद्य निरीक्षकले कुनै खाद्य पदार्थ दूषित वा न्यूनस्तरको
छ भन्ने शंका लागि यस नियमावली बमोजिम त्यस्तो खाद्य पदार्थको नमूना
लिइसकेपछि सो पदार्थ बिक्री वितरण वा हिनामिना नहुने गर्न रोक्का राख्नु पर्ने
देखेमा नियम ८ बमोजिम गरी सो पदार्थको स्टक सम्पूर्ण वा निजलाई शंका
लागेसम्मको अंशमा लाहाछाप मारी आफ्नू जिम्मामा राख्न सक्नेछ र यसरी जिम्मा
लिएको खाद्य पदार्थको अनुसूची–७ मा तोकिएको ढाँचाको भरपाई सम्बन्धित
व्यक्तिलाई दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम आफ्नो जिम्मा राख्न आवश्यक नपर्ने वा सम्भव
नहुने देखेमा त्यस्तो खाद्य पदार्थको धनीलाई सो लाहाछाप मारिएको पदार्थ सुरक्षितसाथ
राख्ने कागज गराई अनुसूची–८ बमोजिमको आदेश दिनु पर्दछ ।